युवा पत्रकार संजालको नेतृत्वमा डेंगु रोग विरुद्धको सचेतना ¥याली सम्पन्न

 

पोखरा, १८ कात्तिक ।

युवा पत्रकार संजाल गण्डकीको आयोजनामा पोखरामा आईतबार डेंगु रोग विरुद्धको सचेतना ¥याली गरिएको छ । मानवअधिकारचोक चिप्लेढुंगाबाट सुरु भएको उक्त ¥याली न्युरोड, सभागृहचोक हुदै पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो ।

¥यालीमा सहभागी सयौ“ समाजिक अभियान्ताहरुले लामखुट्टेको टोकाईबाट बच्न आह्वान गरिएका प्लेकार्डहरु बोकेका थिए । उनिहरुले वातावरणको संरक्षण गर्दै सरसफाईमा समेत विषेश जोड दिएका छन् ।

¥याली पश्चात आयोजित कोणसभामा बोल्दै गण्डकी प्रदेशसभाका सांसद रामजि प्रसाद बराल जिवनले संजालले गरेको कार्यले सचेतना अभिवृद्धिमा राज्य सरकारलाई सजग बनाएको बताए ।

संजालका कार्यक्रमहरु केवल चर्चामा मात्र सिमित नभई परिणाममुखी गतिविधिमा केन्द्रित गर्न उनले सुझाव समेत दिए । सामाजित परिवर्तनका सकरात्मक अभियानलाई निरन्तरता दिएर अगाडी बढ्न उनले आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले युवा पत्रकार सञ्जालको कामले समाजसुधारको सन्दर्भमा आशाको किरण पलाएको बताए । संजालसंग वडा कार्यालय हातेमालो गर्न तयार रहेको उनले बताए ।

वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पोखरामा एकपछि अर्को गर्दै मानिसहरुमा फैलदै गएको डेंगु नियन्त्रण चिन्ताको विषय भएको बताए । यसको नियन्त्रणका लागी वडामा स्वास्थ्य केन्द्रित गतिविधिहरु जारी राखिएको उनले जनाए ।

स्वास्थ्य कार्यलय कास्कीका भेक्ट्रर कन्ट्रोल निरिक्षक यम बरालले पोखरामा अहिले सम्म १ सय ९ जनामा डेंगुको संक्रमण भेटिएको बताए । लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाई उत्तम उपाय भएको उनले बताए ।

यो रोग लाग्दा जाडो हुदैं उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु वेस्सरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, गिजा वा शरीरका अन्य अंगहरुबाट रगत बग्न सक्ने, ज्वरो आएको केहि समयपछि प्रशस्त पसिना आएर रक्त चाप घट्न सक्ने लगायतका लक्षणहरु देखिने उनले बताए ।

यसको कुनै विशिष्ट उपचार नभएको र खोपको विकास समेत नभएको हु“दा समयमा नै अस्पतालमा गई लाक्षणिक उपाचार गर्न उनले सुझाए । उनले घरघरमा सरसफाई राख्न र खाल्डाखुल्डीमा पानी जम्न नदिन नागरिकलाई अनुरोध गरे ।

युवा पत्रकार सञ्जाल गण्डकीका अध्यक्ष भीम थापाले सञ्जालको स्थापना चर्चाका लागी नभई समाजमा भएका विकृति विसंगती प्रति कलम संगसंगै आफै फिल्डमा आई काम गरेर देखाउने अभिप्रायले गरिएको बताए ।

उनले परिवर्तनका लागी स्वयमको सक्रियतामा जोड दिएका छन् । सिंगो पोखरालाई सुन्दर बनाउने संजालको निरन्तर अभियानमा सक्रिय सहभागीताको अपेक्षा समेत व्यक्त गरे । ¥यालीमा सांसद, जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, व्यावसायी, कलाकार, पत्रकार, सुरक्षानिकाय, नागरिक समाज, आमा समूह लगायतको सहभागीता रहेको थियो ।

संजालको उपाध्यक्ष सुशान्त गाहा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुरेश अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.