युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक

आर्थिक आवाज
पोखरा, ३० चैत । पोखरा चेम्बर अफ कमर्स कास्कीले नयाँ वर्ष २०७६को अवसरका शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले उद्यमशीलताको विकास गरी युवा पलायनलाई रोक्ने कार्यक्रम ल्याउन सुझाव दिए ।

निजी क्षेत्रलाई वाहिर राखेर आर्थिक समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उनले सरकार निजी क्षेत्र र सहकारीको समन्वयबाट मात्र आर्थिक क्षेत्रको विकास गर्न सकिने धारणा राखे ।

करको दरलाई नभएर दायरा बढाउन पर्ने चर्चा गदै उनले तीनतहको सरकारले करलाई वैज्ञानिक र न्यायोचित बनाउन पर्ने बताए । पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किसान सुनारले उद्योगी र व्यवसायी सवल नभएसम्म देशको आर्थिक समृद्धि हुन नसक्ने धारणा राखे ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका सल्लाहकार यदुनाथ अधिकारीले वर्तमान समयमा उद्योगी व्यवसायीलाई बंैकको व्याजदर जटिल समस्या रहेको बताए । कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, महासचिव उमराज बास्तोला, कोषाध्यक्ष कमलबहादुर बस्नेत लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.