युवा व्यवसायी अधिकारीको लेक लागेर निधन

आर्थिक आवाज
पोखरा, ७ कात्तिक । युवा व्यवसायी सरोज अधिकारीको निधन भएको छ । लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको मनाङमा लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

मनाङको तिलिचो तालसम्म पुग्ने गरी अधिकारी साथीहरुको साथमा त्यसतर्फ गएका थिए । लेकलागेर अप्ठ्यारो भएपछि बुधबार बिहान हेलिकोप्टरबाट मनिपाल अस्पताल ल्याइएको थियो ।

अस्पताल आउनु अगाडि नै उनको निधन भइसकको बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरिएको छ । अधिकारी नेपाली काँग्रेसका युवा नेतासमेत हुन् ।

 

आर्थिक आवाजले पछिल्लोे पटक व्यवसायी सरोज अधिकारीसँग लिएको अन्तर्वार्ता

https://arthikawaj.com/2018/07/3640

You might also like

Comments are closed.