युवा व्यवसायी सुरेश पहारीले खोले लेकसाइडमा होटल लेक प्याराडाइज (फोटो फिचरसहित)

सुरेन्द्र पौडेल
पोखरा, २३ पुस । पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइडमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी सुरेश पहारीले करिब १२ करोड रुपैयाँ लगानीमा ‘होटल लेक प्याराडाइज’ सञ्चालनमा ल्याएका हुन् । जनवरी १ बाट होटल सञ्चालनमा आएको पहारीले जानकारी दिए । २७ वटा सुविधा सम्पन्न कोठाबाट होटल सञ्चालनमा आएको उनले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेको पहारीले बताए । ‘सुविधा सम्पन्न रिसोर्टमा पाइने सम्पूर्ण सेवा होटलबाट उपलब्ध गराउँछौं,’ उनले भने, ‘पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध हुन्छ ।’ प्रत्येक कोठामा मिनिबार तथा डबल बाथटवको सुविधा छ । रुफटप रेस्टुरेन्टले पनि पर्यटकलाई आकर्षित गर्ने पहारी बताउँछन् ।

पर्यटकको सजिलोका लागि लिफ्ट राखिएको प्रवन्ध निर्देशक लक्ष्मी पहारीले बताइन् । ‘२ रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिएको होटलमा पर्याप्त पार्किङ सुविधा छ,’ उनले भनिन्, ‘सेमिनार तथा बैठकका लागि १ सय २० जना क्षमताको हल छ ।’ होटलमा १४ जना कर्मचारी कार्यरत छन् । होटलकोे माथिल्लो तलामा स्विमिङपुल निर्माणको तयारी भइरहेको उनले जानकारी दिइन् ।

चलचित्र निर्माता समेत रहेका सञ्चालक पहारी मेट्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत हुन् । पर्यटन व्यवसायको भविश्य उज्ज्वल देखेर होटलमा लगानी गरेको पहारी बताउँछन् । ‘पोखरामा पर्यटक आउने क्रम बढिरहेको छ,’ उनले भने, ‘पोखरा आउने पर्यटकलाई स्तरीय सेवा दिन स्तरीय होटलमा लगानी गरेका हौं ।’

You might also like

Comments are closed.