रक्तदानमा ६१ युनिट रगत संकलन

पोखरा, २६ साउन । पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै शनिबार विरौटामा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी र सिद्धार्थ सक्रिय महिला समूह विरौटाको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमा ६१ युनिट रगत संकलन भएको क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक राधिका शर्माले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर अशोककुमार श्रेष्ठले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन अभियानमा लायन्सको योगदान महत्वपूर्ण रहेको बताए । ‘नेपालमा लायन्समार्फत सबैभन्दा बढी रगत संकलन हुन्छ,’ उनले भने, ‘नेपाली लायन्सको सामाजिक सेवाको कार्यमा अतुलनीय योगदान छ ।’

क्लबका अध्यक्ष दुर्गा गिरीको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव गीता कंडेलले गरेकी थिइन् । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जोन चिरपर्सन तथा क्लबका पूर्व अध्यक्ष लक्ष्मी बरालले जानकारी दिइन् ।

You might also like

Comments are closed.