रक्तदान कार्यक्रममा ७६ युनिट रगत संकलन

पोखरा, २९ कात्तिक ।

लायन्स क्लव अफ पोखरा लामाचौर र सत्सगँको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७६ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष सञ्जय लामाले जानकारी दिए । पहिलो रक्तदाता ज्ञानु लामालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो ।

क्लवका अध्यक्ष सञ्जय लामाको अध्यक्षता तथा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ बि वानका पिआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ज्ञानु लामा, थिरबहादुर थापा, नविन भण्डारी, उमेशचन्द्र देवकोटा, रक्त संचार केन्द्रका ध्रुवमणी लम्साल लगायतले बोलेका थिए ।

कार्यक्रममा रक्तसंचार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रमको संचालन क्लवको सहसचिव सृजना कार्कीले गरेकी थिईन् ।

You might also like

Comments are closed.