रक्तदान गर्नेलाई पृथ्वी राजमार्ग बस सञ्चालक समितिले निःशुल्क यात्रा गराउने

पोखरा, २२ माघ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले मंगलबार बृहद रक्तदान कार्यक्रम गरिरहेको छ । समितिले आफ्नो ४७ औं वार्षिकोत्सवको अवसरमा पृथ्वीचोक ट्राफिक कार्यालय अगाडि रक्तदान कार्यक्रम गरिरहेको हो ।

रक्तदान कार्यक्रमको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले पहिलो रक्तदाता पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख ज्ञानेन्द्र थापालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे ।

रक्तदान कार्यक्रम पूर्वाह्न ११ बजेसम्म हुने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आज आयोजना गरिरहेको रक्तदान कार्यक्रममा रक्तदान गर्नेलाई निःशुल्क यात्रा गराउने भएको छ । समितिका अध्यक्ष ऐनकुमार साईले रक्तदान कार्यक्रम गर्नेलाई नेपालका जुनसुकै क्षेत्रमा गएपनि आज निःशुल्क यात्रा गराउने बताए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...