रवि लामिछानेको घरजम निकितासँग

पोखरा, ७ माघ । सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग विवाह गरेका छन् । उनले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेको सोमबार फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका छन् ।

‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज (सोमबार) निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा विवाह दर्ता गरेका छौं,’ रविले लेखेका छन् ।

विवाहको निर्णय तत्काल गर्न नचाहे पनि दुबै प्रति मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चलेपछि विवाह गरेको उनले स्पष्ट पारेका छन् । उनले हालै पूर्व पत्नीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...