राइजिङ स्टार एकेडेमीद्वारा मास्क वितरण

पोखरा ।

राइजिङ स्टार एकेडेमी स्कुल कुडहर पोखरा १३ ले एक कार्यक्रम गरि वडामा आर्थिक रुपमा कमजोर नागरिकहरुलाई मास्क बितरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्वर १३ का अध्यक्ष दर्शन लामाले राइजिङ स्टार एकेडमी स्कुलले वडा नम्वर १३ का वडाबासीहरुको आवश्यकतालाई मध्यनजर गर्दै मास्क बितरण गरेकोमा स्कुललाई धन्यवाद दिए ।
वडाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र सर्तकताका लागि झण्डै २ हजार थान मास्कm वडा तथा टोल विकास संस्थालाई बितरण गरिएकोे बिद्यालयका निर्देशक तथा अध्यक्ष ज्ञानबहादुर कार्कीले बताए ।

कार्यक्रममा स्कुलका सल्लाहकार प्रकाश सिग्देल, शान्ती टोल बिकास सस्थाका अध्यक्ष दिपक सुवेदी, बिद्यालयका शेयर सदस्य ठाकुरप्रसाद पोखरेल लगाएतले बोलेका थिए ।

You might also like

Comments are closed.