राइनोबाट १० हजार जनाले तालिम लिइसके : प्रवन्ध निर्देशक सारु

कृष्ण सारु मगर
प्रवन्ध निर्देशक
राइनो होटल ट्रेनिङ एण्ड भाषा केन्द्र
सिर्जनाचोक, पोखरा

युवा व्यवसायी कृष्ण सारु मगरले पोखराको सिर्जनाचोकमा बिगत पाँच वर्षदेखि राइनो होटल ट्रेनिङ एण्ड भाषा केन्द्र सञ्चालन गर्दै आएका छन् । हालसम्म केन्द्रबाट १० हजार भन्दा बढी विद्यार्थीले तालिम लिइसकेको बताउँछन् सारु । केन्द्रका प्रवन्ध निर्देशक सारुसँग आर्थिक आवाजले गरेको व्यावसायिक संवाद :

राइनो होटल ट्रेनिङ एण्ड भाषा केन्द्रका विशेषताहरु केके हुन् ?
स्वदेश तथा विदेशमा रोजगारीका लागि होटल सम्बन्धी सम्पूर्ण तालिमहरु हामीले यहाँबाट प्रदान गर्दै आइरहेका छौं । बिगत पाँच वर्षदेखि पोखराको सिर्जनाचोकमा सञ्चालित यस तालिम केन्द्रबाट प्रयोगात्मक कक्षाबाट विद्यार्थीलाई सिप सिकाउँछौं । नेपाल सरकारबाट सम्बन्धन प्राप्त यस संस्थाले पूर्ण पारिवारिक वातावरणमा कक्षा सञ्चालन गर्न सफल छ । यहाँ तालिम लिएका सम्पूर्ण विद्यार्थीलाई रोजगारीको पूर्ण ग्यारेन्टीको व्यवस्था गरेका छौं । स्वदेश तथा विदेशमा पाँचतारे र सात तारे होटलहरुमा काम गर्दै आउनुभएका प्रशिक्षकहरुद्वारा कक्षा सञ्चालन गर्छौं ।

पाँच वर्षमा कति जनालाई तालिम दिनुभयो ?
पाँच वर्षको अवधिमा विद्यार्थीको विश्वास जित्न सफल भएका छौं । दैनिक ६ वटासम्म कक्षा सञ्चालन भइरहेका छन् । १० हजार भन्दा धेरै विद्यार्थीलाई तालिम प्रदान गर्न सफल भएका छौं । यहाँ तालिम लिएका विद्यार्थी कोही पनि बेरोजगार बस्नु परेको छैन । कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगाार बन्नुु भएको छ ।

कुन–कुन कोर्षमा पढाई हुन्छ ?
कमर्सियल कुकका लागि ३ महिने तालिम सञ्चालन भइरहेको छ । जापान जान इच्छुकहरुलाई लक्षित गरी इण्डियन कुक तालिम एक महिने, बेकरी कुक एक महिने, बार म्यान–बार टेण्डर एक महिने, अष्ट्रेलिया जानेहरुका लागि बारिष्टा (कफी मेकर) २५ दिने तालिम सञ्चालन भइरहेका छन् । वेटर, वेयटेर्स तालिम २ महिने तथा फास्टफुड कुकका लागि छोटोे अवधिको तालिम पनि सञ्चालन भइरहेका छन् । रिसेप्सनिष्ट तालिम पनि एक महिने कोर्षमा सञ्चालन हुन्छ । गृहिणीहरुका लागि कुकको विशेष कोर्षहरु पनि सञ्चालन गरिरहेका छौं ।

होटल ट्रेनिङमा आकर्षण बढ्नुको कारण के हो ?
रोजगारीको अवसर भएकाले पनि धेरैको रोजाईमा होटल ट्रेनिङमा आकर्षण देखिएको हो । आफ्नै व्यवसाय सञ्चालन गर्नका लागि पनि यो तालिम जरुरी छ । दलित तथा पीछडिएका वर्गहरु तथा न्युन वर्गका विद्यार्थीले धेरै पैसा लगानी गरेर होटल म्यानेजमेन्ट कलेज पढ्न नसक्ने भएकाले पनि छोटो समयको कोर्षहरु बढी प्रभावकारी हुने गरेको छ । रोजगारीका लागि स्वदेश तथा विदेशमा राम्रो अवसर पनि छ ।

होटल ट्रेनिङसँगै भाषा कक्षा पनि सञ्चालन गर्नुको उद्देश्य के हो ?
होटल सम्बन्धी तालिम लिएर दक्ष बनिसकेपछि उनीलाई भाषाको ज्ञान पनि महत्वपूर्ण रहन्छ । यहीँ तालिम लिएका विद्यार्थीका साथै भाषा सिक्न इच्छुक अन्य विद्यार्थीलाई लक्षित गरी भाषा कक्षा सञ्चालन गरेका हौं । विशेष गरी अँग्रेजी, कोरियन र जापानीज भाषा सिक्न धेरै विद्यार्थीको आकर्षण देखिन्छ । यो क्षेत्रमा रोजगार बन्नका लागि भाषाको ज्ञान समेत हुनुपर्ने भएकाले पनि भाषा कक्षामा विद्यार्थीको आकर्षण छ ।

You might also like

Comments are closed.