सरिता तिम्सिना पगेनी
पोखरा २५ असार ।
बेलायतका राजकूमार चाल्र्स ले २०३९ सालमा कास्कीको बिजयपूरबाट शूरु गरेको पदमार्गलाई ब्यूँताउने प्रयास भएको छ । राजकूमार चाल्र्सले बिजयपूर को चाँपको चौरबाट शूरु गरेको पैदल यात्रा बिजयपूर माथिको चिन्तेको डाँडाँमा आएर एकरात बिताएका थिए । उनले ,कालिका, सौरे, लिपयानी, राम्चे, हुदै स्याकलूङको डाँडाँमा दोश्रो रात बिताएका थिए । रुपाकोटको चिसापानी मा तेश्रो रात बिताएका उनी बेगनास तालको जंगलमा चौथोे रात बिताएर काठमाण्डौ फर्केका थिए ।
प्रिन्स चाल्र्स फर्के संगै उनले पैदल यात्रा गरेको मार्ग एकाएक रोयल ट्रेकको रुपमा चर्चित बन्यो । प्रिन्स हिडेको मार्ग हामी पनि हिड्नू पर्छ भन्दै ,पर्यटकहरु आउने क्रम बढ्न थाल्यो ,। गाँउमा दिन मै २ –३ सय पर्यटक भित्रिन थाले । पर्यटकिय गतिबिधि बढे संगै स्थानीयका दाउरा बिके, स्थानीयले उत्पादन गरेका स्थानीय उत्पादन बिके । पर्यटकलाइ सूबिधा दिन होटल खोल्ने क्रम शूरु गरियो । पर्यटक बाट आर्थिक सहयोग माग्दै आमा समूहले पाटी बनाए, पौवा बनाए । स्कूले बालबालकिाहरुले एक्सपोजर पाए ।
२०५२ मा सशस्त्र द्धन्द शूरु भए यता भने यहाँको वाताबरण पहिले जस्तो रौनक रहेन । पर्यटक आउने क्रम घट्दै गयो ,बदलामा डर त्रास बढ्दै गयो। गाँउ रित्तिने क्रमको शूरुवात भयो । २०५४ सालतिर मोटर बाटो खन्ने क्रम शूरु भएपछि भने रोयल ट्रेकको लागि आउने पर्यटकको संख्या ह्वातै घटेको रोयल ट्रेक संरक्षण बिकास संस्था कास्कीका अध्यक्ष बैन बहादूर गूरुङले गूरुङले बताए ।
पर्यटक आउने क्रम घटेसँगै रोयल ट्रेकको चर्चा पनि ओझेलमा परेपछि रुपा पोखरा सम्पर्क समाज कास्की ले ट्रेकको प्रचार प्रसार गर्ने उदेश्यले रोयल ट्रेक हाइकिङ को आयोजना गरेको हो ।
हाइकिङमा मन्त्रालयका कर्मचारी,क्याम्पसका प्राचार्य ,ब्यबसायी ,बिद्यार्थी,संचारकर्मी देखि राजनितिकर्मी र बिभिन्न संघ संस्थामा आबद्ध ब्यत्तिहरुको सहभागिता थियो ।
पोखराको कालिका बाट शूरु भएको हाइकिङ कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस कास्कीका सभापति कृण्ण केसीले गरे। केसीले कास्कीमा पर्यटनका लागि प्रशस्त गन्तब्यहरु रहे पनि , उचित प्रचारप्रसारको अभाबमा ओझेलमा पर्दे गएको बताए।
पोखरा २८ का वडा अध्यक्ष निर्मल दियालीले एतिहासिक महत्व बोकेको ट्रेक को प्रबर्दनका लागि सक्दो सहयोग गर्ने बताए । रुपागाँउपालिका वडा नं ७ का अध्यक्ष दयासागर सूबेदी ले होमस्टे मार्फत गाँउमै स्वरोजगार सृजना गर्ने योजना रहेको बताए ।
रोयल ट्रेक हाइकिङका सहभागी प्राध्यापक श्रीकृण्ण पन्थी ले रोयल ट्रेक अन्र्तगत पर्ने सबै क्षेत्रहरु भ्रमणको लागि उत्कृष्ट गन्तब्य को रुपमा रहेको भन्दै आगामी नयाँ बर्षमा साथीहरु सहित घूम्न आउने योजना सूनाए ।
रोयल ट्रेक हाइकिङ कालिका , चिन्तेको डाँडा, सौरे ,माझठाना, लिपयानी स्याकलूङ डाँडाँ टावर हूदै रामकोट, सक्रभञ्जयाङ,मोहरिया हूदै बेगनास तालमा आएर समापन भएको रुपा पोखरा सम्पर्क समाजका अध्यक्ष खेम बहादूर गूरुङ ले जानकारी दिए ।कार्यक्रम नेपाल पर्यटन बोर्ड को सहयोग संचालन गरिएको थियो ।