राजापानी महादेवमा विशेष धार्मिक मेला

तनहुँ ३,मंसिर

हरिबोधनी एकादशीको अवसरमा तनहुँको व्यास नगरपालिका वडा नम्बर ९ मा अवस्थित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र सिद्धेश्वर राजापानी महादेव मन्दिरमा विशेष धार्मिक मेला लागेको छ । मन्दिर परिसरमा सोमबार बिहानैदेखी फूलको तोरन तार्नेहरुको भीड लागेको थियो । भक्तजनबाट अघिल्लो दिन सत्यनारायणको पूजा लगाइ रातभरि जाग्रम रही आजका दिन बिहानै पञ्चैबाजा बजाउँदै नाँचगानका साथ मन्दिरमा फूल तार्ने प्रचलन छ । यस मन्दिरमा विशेष गरी हरिबोधनी एकादशी र महाशिवरात्रीका दिन भक्तजनहरुबाट मेला लाग्ने गर्दछ ।

यस मन्दिरमा भाकल (कामना) गर्दा आफ्ना मनोकांक्षा पुरा हुने विश्वासका साथ यस दिन मन्दिरमा हजारौंको संख्यामा भक्तजनहरुमा भेला हुने गर्दछन् । सिद्धेश्वर राजापानी महादेव मन्दिरमा १७ वटा फूलको डोली तारिएको छ । दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेउ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ । उक्त मन्दिरमा जिल्लाको विभिन्न ठाँउबाट फूलको डोली ल्याउने गरेको मन्दि संरक्षण समितिका अध्यक्ष सुर्य बहादुर थापाले जानकारी दिए । “हामीले मन्दिरको उचित प्रचार प्रचार गर्न सकेका छैनौं र पनि जनविश्वास र आस्थाका कारण अन्य जिल्लाबाट पनि भक्तजन आउने गरेका छन थापाले भने” । अनेकौ कष्टका बाबजुद पनि पैदल हिडेरै र सवारी साधानमा समेत टाढा–टाढाबाट भक्तजनहरू फूलको डोली लिएर आउने गरेको थापाले बताए ।
वडा अध्यक्ष सुरेश थापाले जिल्लाकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र भएपजिन प्रचार प्रसारको अभाव र धार्मिक पर्यटन लागि भौतिक पूर्वधार विकास गर्न नसक्दा ओझेलमा परेको बताए । साथै मन्दिरमा वर्षको दुइ दिन मात्र होइन विभिन्न पर्वहरुको अवसरमा समेत भक्तजनह जमघट हुने खालको योजना अगाडि बढाउने तयारी गरेको उनले बताए ।
कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाँउमा शिलाबाट दुध आएको देखी भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाँउमा लादै गर्दा उनी बिरामी भइ सो शिला त्यही ठाँउमा छाडेर गएका पछि हेर्दा शिला पुन पहिलेकै उठाएको ठाँउमा नै भेटिएको भन्ने किम्बदन्ती पाइन्छ ।

 

footwear exchange
You might also like

Comments are closed.