राजा शक्तिमा हुँदाका सारथी गिरी अब सम्झनामा मात्रै

काठमाडौं ३, पुस । राजा जहिल्यै शक्तिमा रहे त्यो समयमा शक्तिका सारथी बनेका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएकोे छ । राजनीतिज्ञ गिरी अब सम्झनामा मात्रै सीमित भएका छन् । मंगलबार बिहान उनको निधन भएको हो । गिरीको ९३ वर्षको उमेरमा निधन भएको हो ।

डा. तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री भएका व्यक्ति हुन् । २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फस्र्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि यिनी प्रधानमन्त्री पनि बनाइए । यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए ।

राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए । उनी नेपालमा पन्चायत ब्यबस्थाको जननी मनिन्छन् । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति पनि हुन् उनी । उनी लामो समयदेखि विदेशमा बस्दै आएका थिए । नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन् ।

You might also like

Comments are closed.