लेखनाथ ।
कोरोना भाईरसका कारण थला परेको अर्थतन्त्रलाई माथि उठाउन राज्य र ब्यवसायी विचको सम्वन्ध बलियो हुनु पर्ने बताईएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघ अन्तर्रगत गठित उद्योग विकास उपसमितिको विहिवार बसेको बैठकले ब्यवसायीलाई अप्ठ्यारो पर्दा राज्यले र राज्यलाई अप्ठ्यारो पर्दा ब्यवसायीले सहयोग गर्नु पर्नेमा जोड दिईएको हो ।
सोही अवसरमा ब्यवसायीहरु राज्यप्रति उत्तरदायी हुनुपर्ने र राज्यले पनि आफ्नो दायित्व पुरा गर्न सक्ने हो भने पुर्ववत रुपमा उद्योग धन्दा संचालन गर्न सकिने धारणा राखिएको थियो ।
उद्योग विकास उपसमितिका संयोजक दयाराज भण्डारीको अध्यक्षतामा बसेको बैठकमा संघका अध्यक्ष बलराम ढकाल, महासचिव गोपिचन्द्र वास्तोला, कार्यसमिति सदस्य विक्रम कर्माचार्य, मेघराज पौडेल लगायतले आ आफ्नो विचार ब्यक्त गरेका थिए ।
Comments are closed.