राणाकालको विकास डगमगाएको छैन, अहिलेको विकास किन टिक्दैन ?

काठमाडौं, २५ पुस । बिगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाको विषयले संघीय संसद्को विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

समितिले मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अवस्था र अनुगमनलगायतका विषयमा छलफल गरेको थियो । समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए ।

सांसद टेकबहादुर बस्नेतले राणाकालका विकास अहिलेसम्म डगमगाएको छैन तर अहिलेका विकास भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

You might also like

Comments are closed.