रातको समयमा सुन पसलमा चोरी

आर्थिक आवाज
पोखरा, १ भदौ । सुन पसलमा चोरी भएको छ । पर्वतको कुश्मा नगरपालिका ६ प्रगतिचोक नजिकको कुल बहादुर सुनारको सुन पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको छ । उक्त पसलबाट अन्दाजी १४५ तोला चाँदी र ४.३ तोला सुन गरी ३ लाख बराबरको चोरी भएको बताइएको छ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.