रामकोट –बन्दीपुर साहित्य यात्रा

तनहुँ १८ फागुन
नुवाकोटको त्रिशुली वाङ्मय प्रतिष्ठान तथा तनहुँको बन्दीपुर–३ रामकोट स्थित रामकोट सामुदायिक होमस्टेको संयुक्त आयोजनामा रामकोट –बन्दीपुर ‘साहित्य यात्रा’ सम्पन्न भएको छ ।
साहित्य मार्फत पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्य कार्यक्रम आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष श्रीहरी फुयालले जानकारी दिए । ‘वर्षौंदेखि साहित्य यात्रालाई निरन्तरता दिँदै आइरहेका छौं,’ फुयाल भने, ‘यसपटक बन्दीपुर र यसका वरपरको भूगोल बुझ्न पायौं ।’

देशका विभिन्न ठाँउबाट आएका साहित्यकारहरुले यात्रा क्रममै गरेका सिर्जना प्रस्तुति तथा डा.रामकुमार भौकाजीले बनाएका चित्रकला समेत प्रदर्शनी गरेको कार्यक्रम संयोजक राजेन्द्रमान डंगोलले जानकारी दिए ।  कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी दिवसले साहित्यले जीवनको गुणस्तर कसरी सुधार गर्न सक्छ भन्ने आज प्रमुख चिन्तनको विषय भएको बताए । त्यस्तै उनले कवि र साहित्यकार कसैबाट निर्देशित हुन भन्दा पनि स्व–चेतनाले कलम चलाउनुपर्नेमा जोड दिए । ‘प्रकृति र संस्कृतिबीच घनिष्ट सम्बन्ध स्थापित गराई मानिसले यसबाट लाभ उठाउन सक्नुपर्छ’ उनले भने । समाजलाई आर्थिक रुपमा समृद्ध बनाउन कला, संस्कृति, साहित्य र पर्यवरणको सही उपयोग गर्न सक्ने चेतना मानिसमा हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नियात्राकार युवराज नयाँघरेले साहित्य यात्रा कार्यक्रमका माध्यमले स्रष्टालाई विभिन्न समाजसँग जोडेको भन्दै खुशी व्यक्त गरे ।

MANASLU

यसै क्रममा बन्दीपुर गाँउपालिका प्रमुख पुर्णसिं थापाले होमस्टेको विकासमा विशेष पहल गर्ने बताए । कुनै पनि कार्य गर्दा सुरुमा गाह्रो महसुस हुने प्रसंङ जौड्दै थापाले कार्यको निरन्तरताले सफलता दिलाउने चर्चा गरे । स्थानीय उत्पादनलाई विशेष प्रथामिकता दिएर व्यवसायिक रुपमा होमस्टे अगाडि बढाउन उनको आग्रह थियो । ‘हाम्रो मौलिकपन, परम्परागत संस्कृतिलाई निहाल्न पर्यटक यहाँ आउनी हुन, त्यो मौलिकता नबिग्रानु होला’ उनले भने ।

कार्यक्रममा त्रिविका प्राध्यापक राम लोहनी लगायत ३५ जना भन्दा बढी कवि, साहित्यकार, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको मुख्य प्रायोजक नेपाल पर्यटन बोर्ड रहेको थियो त्यस्तै प्रायोजक बन्दीपुर गाँउपालिका रहेको थियो भने कार्यक्रमलाई तनहुँ पर्यटन प्रवद्र्धन समाज र होटल बन्दीपुर अग्र्यानिक होमले सहयोग गरेको थियो ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...