रामघाटमा गिटी बालुवा चालेर दैनिकी चलाउने महिला संग नारी जागरणले मनायो अन्तराष्ट्रिय श्रमिक महिला दिवस

पोखरा, २७ फागुन ।

पोखराको रामघाटमा गिटी बालुवा चालेर दैनिकी चलाउने श्रमिक महिलाहरु संग नारी जागरण अभियान पोखराले १ सय ९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अभियानका संयोजक अन्जु केसीका अनुसार विभिन्न संघ सस्थाहरुले विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा महिला दिवस मनाइरहदा आफुहरुले रामघाटमा गिटी बालुवा चालेरै आफ्नो दैनिकी चलाइरहेका महिलाहरुलाई लक्षित गरी १ सय ९ औ अन्तराष्ट्रिय दिवस मनाएको वताइन् । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी रामघाटमा काम गर्ने महिला श्रमिकहरु ५० जनालाई डोको र नाम्लो वितरण गर्नुका साथै दुइ जना जेष्ठ महिला सदस्यहरु लाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ७८ वर्षिय दुत कुमारी परियार र ७५ वर्षिय दिवा परियार छन् । सम्मानित हरुलाई प्रदेश सभा सदस्य प्रभा कोइराला र अभियानका अभियन्ताहरुले दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

शो अवसरमा वोल्दै गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले महिला दिदि वहिनी त्यसमा पनि खोलाका किनारमा ढुंगा वालुवा संग जुध्दै आफ्नो जिन्दगी चलाउनु निकै कठिन काम भएको वताउदै महिला दिदीलाई सीपमुलक काम गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिइन् । महिलाहरु शिक्षाको पहुचबाट टाढा हुनपुग्दा निकै कठिन जीवन यापन गर्न बाध्यहुनुपरेको वताउदै आफ्ना सन्ततीहरुलाई शिक्षा दिन तर्फ समेत कोइरालाले आग्रह गरिन् ।

सो अवसरमा वोल्दै रामघाट मजदुर महिला संघकी अध्यक्ष मनमाया गुरुङले अहिले सम्म पोखरामा रहेका कुनैपनि संघ सस्थाले आफुहरुको बारेका कुनै चासो नदिएको र आफुहरुलाई महिला दिवसको बारेमा केही थाहा नभएको अवस्थामा नारी जागरण अभियान पोखराले गिटी वालुवा संकलन गर्ने आफुहरुको बारेमा चासो लिएर डोको नाम्लो सहयोग गरेकोमा आफुहरु निकै खुसी लागेको वताइन् । आफुहरुलाई रहर नभइ बाध्यता भएको वताउदै ढुंगा वालुवा गिटी संग जुध्दै दैनिकी गुजारर्न निकै कठिन परेको गुरुङको भनाइ रहेको थियो ।

नारी जागरण अभियान पोखराका अभियनता यशोदा भट्टराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियन्ताहरु सत्य खनाल, सरु अधिकारी लगायतले वोलेका थिए । स्वागत मन्तब्य कमला पहारी र कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारीले गरेका थिए । पोखराको रामघाट किनारमा दैनिक १ सय ७० जना महिलाहरुले दैनिक गिटी बालुवा संकलन गर्ने काम गर्दै आइरहेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.