रामलाल श्रीमाया फोटो ग्राफी पुरस्कार सुब्बा लाई

पोखरा । पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्वारा संचालित, रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार पोखराका अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई विश्व फोटोग्राफी दिवसमा प्रदान गरिने भएको छ ।

पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल बि.सं २०३९ सालमा स्थापना भएर विभिन्न सामाजिक कार्यक्रमहरुमा सक्रिय रहदै आाएको छ । आफ्ना सदस्यहरुलाई विज्ञान तथा प्रविधिको विकाससँग क्षमता अभिबृद्धि गर्न कार्यक्रमहरु पनि संघले गरिरहेको छ ,

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कारको पुरस्कार राशि २५ हजाार ५ सय २५ रुपैयाँ नगद र सम्मानपत्र छ ।

jutta mela

नेपाल भित्र रहि फोटोग्राफी व्यवसाय गरी फोटोको माध्यमबाट समाजमा उल्लेखनीय योगदान दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्रप्त अग्रज फोटोग्राफरलाई हरेक २÷२ वर्षको विश्व फोटोग्राफी दिवसको अवसर पारेर यो पुरस्कार प्रदान हुँदै आइरहेको छ । पुरस्कारको प्रतिभा छनौट समितिमा पूर्व अध्यक्ष रामजी थापाको संयोजकत्वमा पदेन सदस्य संघका अध्यक्ष रविनाथ दाहाल, पदेन सदस्य सचिव कपिल सापकोटा, पत्रकारहरु मध्यबाट कमल पौडेल अथक, फोटोग्राफीमा विशेष क्षमता भएको व्यक्तिको तर्फबाट जीवन ढुंगाना, संघमा आवद्ध सदस्यहरु मध्यबाट सुके घले, अक्षयकोष दाताको तर्फबाट उत्सव मुल्मी रहेका थिए ।

गण्डकी प्रदेश भरिका फोटोग्राफर संघहरुबाट आएका सिफारिसहरुको आधारमा एक ब्यक्तित्व छनौट गरेको थियो भने, संघको मिति २०७६ असार २८ गतेको कार्यसमितिको पुर्ण बैठकबाट अनुमोदन गरि अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

मदन कुमार इङ्गनाम (सुब्बा)को जन्म बि.सं. २०१३ साल कात्तिक १३ गते, कोशि अञ्चल, तेह्रथुम जिल्ला, ईवा गा.वि.स.–५, मा भएको थियो । २०३१ सालदेखि फोटोग्राफीमा लागेका थिए । २०३७ सालबाट बिधिवत रुपमा क्यापिटल फोटोको नामबाट ब्यवसाय दर्ता गरि फोटोग्राफी गर्दै आइरहेका छन् । पोखरा फोटोग्राफर संघको संस्थापक सदस्य र पूर्व अध्यक्ष समेत रहेका उनी २०४० सालमा श्री ५ बिरेन्द्र बिरबिक्रम शाहको ३९ औं शुभ जन्मोत्सव हुँदा नेपाल युवक संगठनले आयोजना गरेको दृष्य फोटो प्रदर्शनमा तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । साथै उनि पोखरा फोटोग्राफर संघको रजत महोत्सव समारोहमा सम्मानित भएका थिए । यस अघि सो पुरस्कारबाट पोखराका अग्रज फोटोग्राफर विश्व शाक्य, नारायण बाटाजू र महिला फोटोग्राफर रमा राना सम्मानित भइसकेका छन् ।

You might also like

Comments are closed.