राष्ट्रपतिको चर्चामा रहेका खनालद्वारा कम्पिलिट गार्डेनको अवलोकन

पोखरा १७ माघ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ बन्ने सरकार व्यवसायमैत्री हुने बताएका छन् ।

पोखराको न्यूरोडमा रहेको कम्पिलिट गार्डेन एण्ड सटिङ सुटिङको अवलोकन गर्दै एमालेका बरिष्ट नेता समेत रहेका खनालले व्यवसायीमैत्री वातावरणले मात्र आर्थिक उन्नति हुने बताए । अवलोकनको क्रममा पूर्वप्रधानमन्त्री खनालले पोखरामा सञ्चालित सटिङ सुटिङ व्यवसाय सम्बन्धी चासो राखेको गार्डेनका सञ्चालक पोषराज पौडेलले जानकारी दिए ।

त्यस अवसरमा खनालले संचालक पौडेलसँग व्यवसाय सँगसँगै भावी योजना र व्यापार विस्तारका विषयमा पनि चासो राखेका थिए । नेता खनाललाई सञ्चालक पौडेल सहित गोपी पौडेलले स्वागत गरेका थिए । राष्ट्रपतिको चर्चामा रहेका नेता खनाललाई सञ्चालक पौडेलले शुभकामना समेत दिएका थिए ।

You might also like

Comments are closed.