व्यापार मेलामा मोबाइल एक्स्पो, मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुट

पोखरा २७, पुष

पोखरामा बिहीबार सुरु हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलासंगै अर्काे मेला दोश्रो मोवाइल मेलाको समेत तयारी पुरा भएको छ ।ब्यापार मेलासंगै आयोजना हुने मोवाइल मेलामा आफुहरुले नेपालकै चर्चीत र प्रयोगमा आएका मोवाइलका नयाँ ब्राण्ड सहित ईलेक्ट्रोनिक्सका सामाहरु समेत एकै छाना मुनि बाट विक्रि वितरण गरीने भएको नेपाल मोवाइल बितरक संघ पश्चिमाञ्चलका अध्यक्ष शिवराज पहरीले बताए । उनका अनुसार सामसुङ, भिभो, ओप्पो, मोटोरोला, हुवावे, नोकिया, कलर्स, जि–योनी, आई–टेल, टेक्नो मोवाईल, लाभा, माईक्रोम्याक्स, सिजि मोवाइल लगायतका मोवाइलका आधाकारिक कम्पनिबाटै स्टलहरु रहने भएका छन् ।

काठमाण्डौंको विधि कमर्सीयल इक्यूपमेन्ट सोलुसनले होटल तथा रेष्टुरेण्ट, मासु पलस, बेकरी, मार्टहरुमा प्रयोग हुने गरी डि–फ्रिज, वोटल कुलर विक्रि वितरण गर्ने भएको छ । डिजिटल साउण्ड एण्ड भिजनबाट घरयासी इलेक्ट्रोनिक्सका सामानहरु, डिस होम, मोवाईलका एशोशरिजका सामानहरु, रहेक मोवाईल खरिदा उपहार प्रदान गरिने भएको अध्यक्ष पहारीले बताए । उनका अनुसार मोवाईल खरिदमा न्यूनतम ५ देखि अधिकतम ५० प्रतिशतसम्म छुट हुने भएको छ । साथै मोवाइल किन्दा टेलिभिजन समेत लक्की ड्रबाटै उपार प्रदान गरिने भएको छ ।

पोखराको नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्र भित्रको डोम भित्र मोवाईल तथा ईलेक्ट्रोनिक्सका सामानहरु प्रदर्शनी तथा बिक्रि हुने पहारीले बताए । नयाँ मोडलको मोवाईल प्रदर्शनी हुनाको साथै परामर्श समेत गराईने भएको उनले जनाए । डोम भित्र करिब १८ वटा मोवाईल तथा ईलेक्टिोनिक्सका स्टलहरु रहनेछन। ‘लगानीको सम्बद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ हुने सफल पोखरा राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा दोश्रो मोवाइल मेला पोखराको समृद्धि, आर्थिक गतिविधिलाई चलायमान बनाउने, प्रदेश नम्बर ४ को ब्यबसाय बिस्तारको सम्भावनाको खोजी गर्ने तथा प्रदेशको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विश्वशंकर पालिखेले बताए । समग्र मेलामा २ सय ९० वटा व्यापारिक तथा सेवा मुलक स्टलहरु रहेको संघका महासचिव दामु अधिकारीले बताए ।

You might also like

Comments are closed.