राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा केसीसँगको सम्झौतामा नेकपा सांसद असहमत

काठमाडौं, २४ पुस । सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारूढ नेकपाका सांसदले असहमति जनाएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने दाबी गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो । कांग्रेस सांसदले भने साउन १० गते सरकारसँग गरिएको सम्झौता अक्षरशः विधेयकमा समेटिनुपर्ने बताएका छन् ।

बैठकमा नेकपा सांसद योगेश भट्टराईले संसद्ले विवेकसम्मत तरिकाले निर्णय गर्न पाउनुपर्ने बताए । सम्झौताको सकारात्मक पक्षलाई विधेयकमा राखिएकाले जस्ताको तस्तै पारित गर्नुपर्ने उनको अडान थियो । कांग्रेस सांसद गगन थापा र चित्रलेखा यादवले प्रतिवेदनमा ५ वटा फरक मत दर्ता गराएका छन् । समिति र उपसमितिमा चिकित्सा शिक्षा विधेयकमाथि २५ औं पटक छलफल हुँदा पनि विवाद यथावत छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.