राष्ट्रिय नाटक महोत्सवमा १० नाटक मञ्चन

पोखरा, १५ चैत्र ।

पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा चैत्र ८ गतेबाट आयोजित राष्ट्रिय नाटक महोत्सवमा कुल १० वटा नाटक मञ्चन गरियो । नाटक महोत्सवको संमिक्षासँगै औपचारिक समापन कार्यक्रम बिहिबार आयोजना हुने छ ।

महोत्सवमा मञ्चन भएका नाटकमा एक्टर्स स्टुडियोको प्रस्तुतीमा अनुप बरालले निर्देशन गरेको नाटक थाङ्गला, मण्डला थिएटरको प्रस्तुतीमा राजन खतीवडाद्धारा निर्देशित नाटक एन्टिगोनी, नेशनल आर्ट स्कुल पोखराको प्रस्तुतीमा ममता मञ्जुलले निर्देशन गरेको सान्नानीको सन्ते राजा, युथ क्रियशन थिएटर पोखराको प्रस्तुतीमा सौगात पोखरेलले निर्देशन गरेको भर्जिन कथा, राष्ट्रिय नाचघर काठमाण्डौको प्रस्तुतीतीमा विरेन्द्र हमालले निर्देशन गरेको नाटक एक चिहान थियो ।

यसैगरी हिमाली साँस्कृतिक परिवार पोखराको प्रस्तुतीतीमा मेनकाजी गुरुङको निर्देशनमा नारी शिक्षा, सद्भाव थिएटर काठमाण्डौको प्रस्तुतीतीमा टिकाभक्त जिरेलको निर्देशनमा चाँदिको घेरा, मञ्जरी नाट्य समुह लमजुङको प्रस्ुततीमा पुरु लम्सालद्धारा निर्देशित पानिघट्ट, ओथेलो नाटक समुह पोखराको प्रस्तुतीमा आशिष अधिकारीद्धार निर्देशित जयगान र लोक सञ्चार जनकपुर तथा सिल्पी थिएटरको प्रस्ुततीमा युवराज घिमिरेको निर्देशनमा सखि नाटक मञ्चन भयो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवमा नेपाली रङ्गमञ्च र चलचित्र तथा पोखराको रङ्गमञ्च अबको बाटाका विषयमा छुट्टाछुट्टै छलफल भयो । नेपाली रङ्गमञ्च र चलचित्र विषयमा चलचित्र निर्देशक नविन सुब्बा, कलाकार अरुणा कार्की, चलचित्र र रङ्गमञ्चका अध्येता सुवर्ण थापासँग डा. सचिन घिमिरेले छलफल चलाए ।

पोखराको रङ्गमञ्च अबको बाटाका विषयमा पोखरा थिएटरका अध्यक्ष परिवर्तन, सांसद पियारी थापा, साहित्यकार मन क्षेत्री र युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलबीच पत्रकार वासु मिश्रले बहस गरे ।

महोत्सवको स्थानिय व्यवस्थापन पोखरा थिएटरले गरेको थियो । विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सव अपेक्षाकृत सफल भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । महोत्सव संयोजक पुष्कर गुरुङले पोखरामा आयोजित नाटक महोत्सवमा नाट्यप्रेमीले दिएको साथको खुलेर प्रसंसा गरे । महोत्सवले पोखराको नाट्य क्षेत्रमा सकारात्मक माहोल सिर्जना गर्ने अपेक्षा उनले गरे । पोखराको रंगमञ्चलाई जगाइ राख्न विभिन्न गतिविधि र नाटक मञ्चन कार्य जारी राखिने कार्कीले बताए ।

You might also like

Comments are closed.