“राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार” छनौट समिति गठन

पोखरा, १७ जेठ

राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति नेपालले पहिलो वितरण गर्न लागेको “राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार” को लागि छनौट समिति गठन गरिएकोे छ ।

एक वर्ष अगाडि नेपाल मगर पत्रकार संघ कास्की शाखा र राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति नेपालबीच सम्झौता भए बमोजिम बिहिबार नेपाल मगर संघ कास्कीको भवनमा बसेको बैठकले नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एम.बी. आस्थामगरको संयोजकत्वमा राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति नेपालका केन्द्रिय अध्यक्ष हर्क आलेमगर, नेपाल मगर संघ केन्द्रिय उपमहासचिव रुद्र श्रीसमगर, नन्दु थापामगर, संघ कास्कीका अध्यक्ष रुद्र हितानमगर र सचिव उमा आलेमगर पदेन सदस्य रहने गरि समिति गठन गरिएको हो । छनौट समितिले पत्रकारितामा रहेर कौडा नृत्य संरक्षणमा कलम चलाउने एक जना पत्रकारलाई छनौट गर्ने छनौट समितिका संयोजक एम.बी. आस्थामगरले जानकारी दिए ।

यसैगरि बैठकले नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ को ऐतिहासिक अधिवेशनबाट संघ केन्द्रिय उपमहासचिव रुद्र श्रीसमगर सचिव र सल्लाहकार खेम सारुमगर सदस्यमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ । साथै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) को छैटौँ महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित भएका संघका केन्द्रिय सचिव मनोज घर्तीमगरलाई पनि बधाई ज्ञापन गरिएको छ ।

त्यस्तै नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव मनोज घर्तीमगरको पुजनिय पिता चन्द्रबहादुर घर्तीमगरको ६८ वर्षको उमेरमा भएको असामायिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित समवेदना प्रकट गरिएको छ ।

You might also like
1 Comment
  1. Binay Silwal says

    Wow very nice college this is the great opportunity to have a job in aboard and become a professional Chef those who wants to be a professional chef can be familiar with this college and i am feeling proud to be the part of this college 😊😊

Comments are closed.