राष्ट्रिय युवा सम्मेलनको तयारी तिव्र

पोखरा, २० जेठ

पोखरामा ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति, युवा संगठनको आयोजनामा यहि असार १ र २ गते रन्जित इभेन्ट, रानीपौवा पोखरामा ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ हुने भएको हो । सम्मेलनको तयारी तिव्र पारिएको आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिईएको हो ।

सामाजिक पृष्ठभुमिका अध्यात्मिक युवाहरुलाई एकिकृत गराई सकारात्मकताको अभिवृद्धि गदै समाजलाई सत्मार्गमा डो¥याउने उद्देश्यले सम्मेलन गर्न लागेको नेपाल मानव धर्म सेवा समिति सचिव ओम उपाध्यायले जानकारी दिए ।

‘नेपाल मानव धर्म सेवा समिति अध्यात्मिक तथा सामाजिक क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था हो’ उपाध्यायले भने, ‘संस्थाको सामाजिक एंव आध्यात्मिक अभियानलाई सार्थक बनाउन युवा संगठन एउटा प्रमुख अगंको रुपमा कार्य गदै आएको हो ।’

सम्मेलनमा नेपाल, भारत, भुटान लगायतका देशका करिब २५ सय युवा सहभागिता रहने अनुमान सहित प्रवेश निशुल्क गरिएको छ । सम्मेलनबाट आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य लिइएको छ ।

सम्मेलनको अवसरमा क्रिक्रेट क्या.पारस खड्का, गायिका आस्था रावत, फुटबल खेलाडी अनिल गुरुङलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तालिम तथा प्रशिक्षण दिइने सचिव उपाध्यायले बताए ।उनका अनुसार दुई दिने सम्मेलनमा चर्चित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय वक्ताहरुले सम्बोधन गर्नेछन् ।

You might also like

Comments are closed.