राष्ट्रिय युवा सम्मेलनको तयारी अन्तिम चरणमा

पोखरा, २९ जेठ ।

पोखरामा असार १ र २ गते हुने ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल मानव धर्म सेवा समिति, युवा संगठनको आयोजनामा दुई दिन रन्जित इभेन्ट, रानीपौवा पोखरामा हुने ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’को तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक ओम उपाध्यायले जानकारी दिए । सामाजिक पृष्ठभुमिका अध्यात्मिक युवाहरुलाई एकिकृत गराई सकारात्मकताको अभिवृद्धि गदै समाजलाई सत्मार्गमा डो¥याउने उद्देश्यले सम्मेलन गर्न लागेको उनले बताए ।

‘नेपाल मानव धर्म सेवा समिति अध्यात्मिक तथा सामाजिक क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था हो’ उपाध्यायले भने, ‘संस्थाको सामाजिक एंव आध्यात्मिक अभियानलाई सार्थक बनाउन युवा संगठनले एउटा प्रमुख अगंको रुपमा कार्य गदै आएको हो ।’ उनका अनुसार सम्मेलनको पहिलो दिन असार १ गते शुक्रबार रक्तदान, योगा, युवा जागरण कार्यक्रम हुने छ ।

सम्मेलनको दोस्रो दिन असार २ गते शनिबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सम्मेलनको उद्घाटन गर्नेछन् । सोही अवसरमा प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रदेश नं. ४ का प्रहरी प्रमुख दानसिंह बोहरा, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख एस पी ओमबहादुर राना लगायतको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपाल, भारत, भुटान लगायतका देशका करिब २५ सय युवा सहभागिता रहने अनुमान सहित प्रवेश निशुल्क गरिएको छ । सम्मेलनबाट आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य लिइएको छ । सम्मेलनको अवसरमा क्रिकेट क्या.पारस खड्का, गायिका आस्था रावत, फुटबल खेलाडी अनिल गुरुङलाई सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनमा व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तालिम तथा प्रशिक्षण दिइने सचिव उपाध्यायले बताए । उनका अनुसार दुई दिने सम्मेलनमा चर्चित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय वक्ताहरुले सम्बोधन गर्नेछन् । सम्मेलनले युवाको विषयमा प्रतिवद्धतापत्र जारी गर्ने छ ।

You might also like

Comments are closed.