राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौं, ५ माघ । राष्ट्रिय वाणिज्य बैंक ५४ औं वर्ष प्रवेशको अवसरमा शनिबार विविध कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले प्रभातफेरी आयोजना गरेको बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कार्यालयस्थित सिंहदरबारप्लाजाबाट सुरु ¥याली भद्रकाली, न्युरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः सिंहदरबारप्लाजा पुगेर समापन भएको थियो ।

You might also like

Comments are closed.