राष्ट्रिय वाणिज्य बैंकको मुद्दती खातामा ८.७५ प्रतिशत ब्याजदर

पोखरा । राष्ट्रिय वाणिज्य बैंकले मुद्दती खातामा ८.७५ प्रतिशतसम्म व्याजदर दिने भएको छ । अन्य बचतमा ४ देखि ५.५ प्रतिशतसम्म ब्याजदर दिइने राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकालले जानकारी दिए ।

३.७ प्रतिशत ब्याजदरमा सहुलियत पूर्ण ऋण लगानी भइरहेको उनले बताए । ‘अन्य कर्जामा १०.५ प्रतिशतसम्ममा ऋण लगानी भइरहेको छ,’ उनले भने ।

You might also like

Comments are closed.