पोखरा ।
लायन्स क्लब अफ पोखरा पिस चौतारी, पिस होम, पिस प्याराडाइज र लियो क्लब अफ पोखरा पिस चौतारीको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय विभूति तथा सहिद स्मृति पार्कमा १ सय ५० विरुवा रोपिएको पिस चौतारीका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका गभर्नर मनबहादुर रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको प्रसंशा गर्दे रोकाले वृक्षरोपण कार्यक्रमले पर्यावरण जोगाउन सघाउने र वातावरण स्वच्छ बनाउने बताए । उचित स्थानमा कार्यक्रम गरिएको उनको भनाई छ ।

ट्रि प्लान्टेसन डिपार्टमेन्ट चिफ टीकाराम सापकोटाले वातावरण जोगाउन यस्ता कार्यक्रमको महत्वपुर्ण भुमिका रहने बताए । कार्यक्रममा द्वितीय भाइस गभर्नर महेन्द्र पौडेल, क्लष्टर प्रमुख पवित्रराज तिवारी, रिजन चियरपर्सन विष्णु ढुङ्गाना, जोन चियरपर्सन विष्णुप्रसाद चापागाईं लगायतले बोलेका थिए ।
पिस चौतारीका अध्यक्ष प्रेमप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पिस होमका अध्यक्ष लक्ष्मी बास्तोलाले स्वागत, पिस प्याराडाइजका अध्यक्ष सन्तोषमणि लामिछानेले धन्यवाद ज्ञापन र संचालन पिस चौतारीका सचिव लिलाराम लामिछानेले गरेका थिए ।
Comments are closed.