राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भत्ता नलिने

काठमाडौं ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनका लागि भत्ता नलिने बताएका छन् । संघीय संसद सचिवालय सिंहदरवारलाई पत्राचार गर्दै उनले भत्ता नलिने बताएका हुन् ।

२०७७ जेठ २२ गतेदेखि चैत मसान्त सम्म आफूले संघिय संंसद राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुक भ्रमण गर्दा समेत पनि भ्रमण भत्ता नलिने बताएका छन् । भत्ताालाई नेपाल सरकारको राजस्व खातामा जम्म गरिदिन उनको आग्रह छ ।

You might also like

Comments are closed.