पोखरा । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोस्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा ठकुरी, सहसचिवमा तेजकुमारी त्रिपाठी, कोषाध्यक्षमा देवि गुरुङ चयन भएकी हुन् ।
यूनियनको सदस्यहरुमा सुस्मिता श्रेष्ठ, हिरा थापा, शान्ति तिमिल्सिना, रीता गुरुङ, सम्झना गुरुङ, विमल आले पुन, ज्ञानु मल्ल, सोनु राना (लेक कुमारी), माया गुरुङ, कमला नेपाली छन् । अधिवेसन पश्चात यूनियनले प्रेरणा प्रधान लोप्चन र हीरा भण्डारीलाई सल्लाहकारमा चयन गरेको निवर्तमान अध्यक्ष दुर्गा केसीले बताइन् ।
यसअघि गण्डकी प्रदेश सांसद एवं यूनिएनका संस्थापक केन्द्रीय अध्यक्ष मीना गुरुङले महिलाहरुलाई हाल विश्वमा फैलिदै गएको कोरोना भाइरसबाट बच्न र बचाउन पूर्व सतर्कता र सजग हुन आग्रह गरिन् । ‘हालसम्म कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि त भएको छैन् तर हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा केहीको मृत्यु भएकाले हामी सजग भने हुनुपर्छ,’ उनले भनिन् । महिलाहरु व्यूटि क्षेत्रमा दक्ष हुन सके मनग्य आम्दानी गर्न सकिने दाबी गर्दै सांसद गुरुङले एउटा विषयमा विषेशज्ञ हासिल गर्न सके बजारमा त्यसको माग भएको बताइन् ।
Comments are closed.