राहतका लागि जुट्यो लायन्स

पोखरा, २० चैत

लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालले बारा र पर्सा जिल्लामा हावा हुरीका कारण भएको जनधनको क्षति प्रति दुःख ब्यक्त गर्दै राहतका लागि अभियान सुरु गरेको छ ।

काठमाडौं क्षेत्रका लागि डिष्ट्रिक्ट ईर्मजेन्सी डिपार्टमेन्ट चिफ हरी मरठ्ठाको संयोजकत्वमा राहत संकलन भएको छ भने पोखरा क्षेत्रका लागि माटेपानीमा अवस्थित डिष्ट्रिक्ट सचिवालय मार्फत सहयोग संकलन भैरहेको डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट चिफ पब्लिक रिलेशन अफिसर परमेश्वर बरालले जानकारी गराए ।
जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाइ चरितार्थ पार्दै काठमाडांै क्षेत्रमा करिव चार लाख र पोखरा क्षेत्रमा दुई लाख ५० हजार नगद सहित लत्ता कपडा खाद्यान्नको प्रतिबद्धता आएको पोखरा स्थित डिष्ट्रिक्ट सचिवालयले जानकारी दिएको छ ।

jutta mela

डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठले हावा हुरीको घट्नाबाट पिडित परिवारको उद्दार तथा राहतका लागि सम्पूर्ण लायन्सलाई आ–आफ्नो तर्फबाट लाग्न प्रेरित गर्दै काठमाडौं र पोखरा क्षेत्रमा संकलन भएको राहत तत्काल त्यहाँको स्थानीय प्रशासनसँग समन्वय गरी बितरण गरिने बताए ।

डिष्ट्रिक्ट गर्भनरको आव्हन बमोजिम पोखरा स्थित लायन्स क्लब अफ पोखरा लामाचौरले बारा जिल्ला अवस्थित भुलही र भखलिया गाँउमा गई तीन सय थान त्रिपाल एक हजार भन्दा बढीलाई खाना उपलब्ध गराएको क्लबका अध्यक्ष संजय लामाले बताए ।

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेज, पोखरा फेवा सिटी लगाएतका क्लबको अगुवाईमा करीव तीन लाख रुपैया बराबरको खाद्यान्न लत्ताकपडा संकलन गरि वितरणका प्रस्थान गरिएको डिष्ट्रिक्टका रिजन चेयरपर्सन शिवराज आचार्यले जानकारी दिए ।

भिषण हुरी बतासका कारण जनधनको क्षति भएको दुःखद परिस्थितिमा सहयोग गर्नु हामी सबैको कर्तब्य हुन आउँछ, तत्काल सहयोग तथा राहतका निम्ती जुट्न सम्पुर्ण लायन्स साथीहरु आग्रह गर्दै लायन्स क्लब अफ काठमाण्डौ सामाखुशीको तर्फबाट २१ हजार प्रदान गरेको अध्यक्ष परशुराम खतिवडाले जानकारी दिए ।

You might also like

Comments are closed.