राहतमा सक्रिय बन्दै जोन्टा क्लब अफ पोखरा

पोखरा । जोन्टा क्लब अफ पोखराले विभिन्न स्थानमा आर्थिक सहयोग गरेको छ । कोरोनाका कारण मुलुक लकडाउन भएको अवस्थामा विपन्न वर्गलाई लक्षित गरी क्लबले सहयोग गरेको हो ।

गत चैतमा क्लबले बहिनी एजुकेयर फाउन्डेसनलाई २५ हजार रुपैयाँ वरावरको खाद्यान्य सहयोग गरेको थियो । फाउन्डेसनले पोखरा महानगरपालिकाका वडा नम्बर ५ र ६ सँग समन्वय गरेर सोही रकम बराबरको खाना दिनमा करि १ सय जनालाई १० दिनसम्म खाना वितरण गरेको छ ।

वैशाख १० गते पश्चिमाञ्चल क्षत्रीय अस्पतालमा क्लबले सेनिटाइजर प्रदान गरेको छ । डब्लुएचओको मापदण्ड पुरागरी सेनिटाइजर बनाएर करिव ७ लिटर सेनिटाइजर प्रदान गरेको क्लबका सदस्य तथा न्युट्रिसियनिष्ट डाइटिसियन श्रीविद्या कायस्थले जानकारी दिइन् ।

वैशाख १२ गते वडा नं १३ मा ३० परिवारका लागि २ हप्तासम्म पुग्ने खाद्यान्य वडा अध्यक्ष दर्शन लामालाई हस्तान्तरण गरेको छ । २३ गते तेर्सापट्टीमा रहेको भिन्तुना युवा क्लबलाई १० बोरा चामल प्रदान गरेको छ । बाटुलेचौरमा रहेको युवा समूह जसले अप्ठ्यारोमा परेकालाई खाद्यान्य खाना वितरण गरिरहेको छ । सो समूहलाई पनि क्लबले २० हजार रुपैयाँ वरावरको चेक हस्तान्तरण गरेको छ ।

आगामी दिनमा पनि क्लबले सहयोगका कार्यक्रम जारी राख्ने क्लबका अध्यक्ष लिना श्रेष्ठ गोशलीले जानकारी दिइन् । क्लबमा रहेका ३२ जना सदस्यबाट नै रकम संकलन गरी सहयोगका कार्यक्रम गरिएको क्लबका सचिव रोजिना बिजुक्छेले जानकारी दिइन् ।

You might also like

Comments are closed.