राहत वितरणमा सक्रिय छन् कलाकार स्वस्तिका

काठमाडौं । कलाकार स्वस्तिका लामिछाने यतिबेला राहत वितरणमा सक्रिय बनेकी छन् । विभिन्न चलचित्र तथा टेलिसृङखलामा अभिनय गर्दै आइरहेकी लामिछाने कोभिड महामारी तथा लकडाउन पीडित परिवारलाई खाना खुवाउने काममा व्यस्त भएकी छन् ।

दुबै मृगौला फेल भएर टिचिङ अस्पतालमा उपचाररत सुदरपश्चिम कञ्चनपुर वेदकोट नगरपालिका १, दैजी चम्फापुरका ८ वर्षीय मीलन साउदसहित उनको परिवारलाई खाना खुवाउने जिम्मा लामिछानेले लिएकी छन् । मीलनसँगै उनका बुबा प्रकाश साउद र आमा निर्मला साउदलाई आगामी २० दिनसम्मका लागि आफैले खाना पकाएर खुवाउने जिम्मा लिएको लामिछानेले जानकारी दिइन् ।

‘यो महामारीमा सबैले सक्दो सहयोग गर्न आवश्यक छ,’ उनले भनिन्, ‘मृगौला पीडित मीलनका परिवारलाई खाना खुवाउने जिम्मेवारी लिन पाउँदा खुसी लागेको छ ।’ उनी खाना लिएर आफै हस्पिटल पुग्छिन् ।

कलाकार स्वस्तिकासहित उनकी बहिनी शीतलसमेत राहत वितरणमा सक्रिय छन् । विभिन्न ठाउँमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिरहेको शीतलले बताइन् ।

You might also like

Comments are closed.