रिजन २ अन्तर्गतका क्लबहरुको पदस्थापन

पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत रिजन २ तथा जोन ३ र ४ अन्तर्गतका क्लबहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल, पोखरा हेल्पफुल ह्याड्स, मेट्रोसिटी, जयलक्ष्मी, बेगनास चौतारी, आदर्श चौतारी, लेखनाथ गार्डेन सिटी, बेगनास रुपा क्लबको पदस्थापन भएको रिजन चियरपर्सन तथा कार्यक्रम संयोजक माधवप्रसाद पौडेलले जानकारी दिए

डिष्ट्रिक्ट गभर्नर तथा पदस्थापन अधिकृत अशोककुमार श्रेष्ठले क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराएका हुन् । कार्यक्रममा बोल्दै गभर्नरले डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्न सफल भएको धारणा राखे । आफ्नो कार्यकालमा ‘दिएर बाँचौं’ भन्ने नाराका साथ आफूले सामाजिक कामहरु तर्जुमा गरेको बताउँदै सम्पूर्ण कार्यक्रम सफल बनाउन क्लबहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षासेवी जर्जजोनले सामाजिक काममामा लायन्सको योगदान अतुलनीय रहेको धारणा राखे । कार्यक्रममा लायन्स लिडरहरु ध्रुव थापा, मनबहादुर रोका, दीपक श्रेष्ठ, ध्रुब श्रेष्ठ, विशेश्वर आचार्य, डिबी विश्वकर्मा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.