रिडमोर सोसल क्विजको उपाधि गण्डकी बोर्डिङलाई

आर्थिक आवाज
पोखरा, ९ पुस । सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा पोखरामा सम्पन्न प्रदेश स्तरीय रिडमोर सोसल क्विज प्रतियोगिताको उपाधि पोखराको गण्डकी बोर्डिङ स्कुलले जितेको छ । आइतबार भएको फाइनलमा उपाधि जित्दै गण्डकीले नगद २० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको रिडमोरका गण्डकी प्रदेशका प्रवन्धक बसुन्धरा घर्तीले जानकारी दिइन् ।

प्रतियोगितामा नमुना बोर्डिङ स्कुल पर्वत दोस्रो, डायमन्ड बोर्डिङ स्कुल पोखरा तेस्रो, आदर्श बोर्डिङ स्कुल पर्वत र सिद्धार्थ बोर्डिङ पोखराले सान्त्वना स्थान प्राप्त गरे । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार ५÷५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा गण्डकी प्रदेशका ७४ वटा स्कुलको सहभागिता थियो ।

कार्यक्रम सफल पार्न रिडमोर पब्लिकेसनले आर्थिक सहयोग गरेको पब्लिकेसनका प्रवन्ध निर्देशक आशिष प्रधानले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रतियोगिताले विद्यार्थीहरुको क्षमता विकासमा योागदान पुग्ने बताइन् ।

You might also like

Comments are closed.