रिद्धिसिद्धी र जगदम्बाको भेटघाट तथा संवाद कार्यक्रम

पोखरा, १७ वैशाख । रिद्धिसिद्धी सिमेन्ट र जगदम्बा स्टिल्सको बजार प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा तथा लेखनाथ क्षेत्रका हाडवयर व्यवसायी तथा निर्माण व्यवसायीको सहभागिता थियो ।

कार्यक्रममा रिद्धिसिद्धी सिमेन्ट र जगदम्बा स्टिल्सका विशेषता तथा किन प्रयोग गर्ने भन्ने जानकारी गराइको थियो । कार्यक्रममा बोल्दै निर्माण व्यवसायी समिति पोेखराका वरिष्ठ उपाध्यक्ष नारायण गुरुङले कार्यक्रमले रिद्धिसिद्धी सिमेन्ट र जगदम्बा स्टिल्सका बारेमा थप कुरा जान्ने मौका प्राप्त भएको बताए । सामान प्रयोग गर्दा गुणस्तर हेरेर प्रयोग गर्न पनि उनले सल्लाह दिए ।

निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष अर्जुन थापाले समय सापेक्ष रुपमा गुणस्तरीय सामान उत्पादन गर्नुपर्नेमा जोड दिए । सुरक्षित निर्माणका सबै कुरामा लागि ध्यान दिनुपर्ने उनले बताए । गण्डकी धौलागिरीका लागि रिद्धिसिद्धीका सेल्स म्यानेजर पवनराज बरालले सामाजिक उत्तरदायित्वका काममा सहजीकरण गर्दै अगाडि बढ्ने बताए । ‘युवासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्दै आएका छौं,’ उनले भने ।

रिद्धिसिद्धी सिमेन्टका ब्राण्ड म्यानेजर अनुज महतले सिमेन्टका बारेमा जानकारी दिएका थिए । विभिन्न स्लाइड पनि उनले प्रस्तुत गरेका थिए । छोटो समयमा नै सिमेन्ट सबैको रोजाई बनेको उनको तर्क छ । ‘ठुला ठुला परियोजनामा पनि रिद्धिसिद्धी प्रयोग भएको छ । गुणस्तरमा कुनै सम्झौता गदैनौं,’ उनले भने ।  जगदम्बा स्टिल्सका ब्राण्ड म्यानेजर निरज बानियाँ  र सिनियर सेल्स अफिसर निर्मल खनालले ले जगदम्वा स्टिलको प्रिमियम प्रोडक्ट राईनो ५०० डीको वारेमा  जानकारी गराएका थिए । लेखनाथ हार्डवयर व्यवसायी संघका अध्यक्ष विजय गुरुङले सिमेन्ट र स्टिल दुवै राम्रो रहेको र विभिन्न जोखिम कम गर्न कोशेढुङ्गा बन्ने बताए । भौतिक संरचना निर्माण गर्दा राज्यले मापदण्डसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनको तर्क छ । कार्यक्रमको संचालन जगदम्बा स्टिल्सका सिनियर सेल्स अफिसर निर्मल खनालले गरेका थिए ।

You might also like

Comments are closed.