रिनल्टमा करिब ५ लाखसम्म छुट

आर्थिक आवाज
पोखरा । नेपालीको महान चाँड दशैं र तिहारको अवसरमा रिनल्टका गाडीमा करिब ५ लाख रुपैयाँसम्मको छुट छ । रिनल्टले गाडीको गाडी र मोडल अनुसार न्यूनतम १ लाख २० हजार रुपैयाँदेखि ४ लाख ८५ हजार रुपैयाँसम्म छुट दिएको यस क्षेत्रको आधिकारिक बिक्रेता जोन्छे टे«डर्सका निर्देशक नुरुज बाटाजूले जानकारी दिए ।

रिनल्टले क्विड गाडीमा १ लाख ४० हजार रुपैयाँ क्यास छुट दिनुका साथै एक वर्षको ईन्सुरेन्स र रोड ट्याक्स फ्रिको सुविधा छ । डस्टरमा १ लाख २० हजार रुपैयाँदेखि १ लाख ६० हजार रुपैयाँसम्म क्यास छुट, एक वर्षको ईन्सुरेन्स र रोड ट्याक्स फ्रि गरेको छ । रिनल्ट कम्पनीकै क्याप्चर गाडीमा १ लाख २० हजार रुपैयाँदेखि २ लाख ८० हजार रुपैयाँसम्म क्यास छुट दिनुका साथै एक वर्षको ईन्सुरेन्स र रोड ट्याक्स पनि फ्रि गरेको छ ।

रिनल्टले लजी गाडीमा भने सर्वाधिक छुट दिएको छ । रिनल्टले लजीमा २ लाख ५० हजार रुपैयाँदेखि ४ लाख ८५ हजार रुपैयाँसम्म छुट दिएको बाटाजूले जानकारी दिए । दशैंको अवसरमा गाडी किन्ने ग्राहकलाई तत्काल स्पट फाइनान्सको सुविधा दिनुका साथै पुरानो गाडीसँग नयाँ साटफेर गर्दा एक्सचेञ्जमा तत्काल भ्यालुएसन गर्ने गरेको बाटाजूूले बताए ।

भदौ २६ गतेबाट शुरु भएको यो अफर छठसम्म जारी रहने रिनल्टको पोखरा सोरुमले जनाएको छ । रिनल्टको पोखरा सोरुममा क्विड, डस्टर र क्याप्चर लगायतका मोडलका गाडी बिक्रीमा छन् ।

You might also like

Comments are closed.