रिफ्रेसमेन्ट र मनोरञ्जनका लागि होटल पोखरा ग्राण्डमा शनिबार ‘अक्टोबर फेस्ट’ हुँदै

आर्थिक आवाज
पोखरा, ८ कात्तिक । पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले कात्तिक ९ गते शनिबार ‘अक्टोबर फेस्ट’ आयोजना गरेको छ । होटल ग्राण्डको स्तुपा ग्रार्डेनमा हुने उक्त कार्यक्रममा गायिका मीलन अमात्यसहित अन्य विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने महाप्रवन्धक रोशन खवासले जानकारी दिए ।

‘कार्यक्रममा सहभागीहरुका लागि अनलिमिटेड बियर, स्न्याक्स तथा लन्चको व्यवस्था गरिएको छ,’ उनले भने, ‘आकर्षक डोर प्राइजका साथमा रमाइला गेम तथा नृत्य र डिजे सेसनको पनि रमाइलो लिन सकिनेछ ।’ दशैं पूर्णिमाको २ दिन पछि आयोजित अक्टोबर फेस्टमा पोखरा तथा आसपासबाट सहभागी आउने होटलको अपेक्षा छ ।

‘रिफ्रेसमेन्ट तथा मनोरञ्जनका लागि कार्यक्रम निकै फलदायी हुने हामीले विश्वास लिएका छौं,’ खवासले भने । कार्यक्रममा सहभागी हुनका लागि ३ हजार ९ सय ९९ रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

होटलमा १० वटा स्विट रुमसहित होटलमा १ सय ४० वटा कोठा छन् । ५ वटा हल छन् । होटलमा ३ वटा रेस्टुरेन्ट र एउटा बार छन् । स्पा, हेल्थ क्लब, स्विमिङ पुल, ट्राभल्स डेक्ट, बिजनेस सेन्टर तथा पर्याप्त पाकिङको सुविधा रहेको खवासले जानकारी दिए ।

ट्रिप एडभाइजरमा नेपालको उत्कृष्ट १० होटल भित्र पर्न सफल पोखरा ग्राण्ड आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा पर्छ । ‘सिजनमा फुल अकुपेन्सी रहने होटलमा लो सिजनमा पनि बुकिङ राम्रो छ,’ उनले भने, ‘हामीले प्रदान गर्ने उत्कृष्ट सर्भिसबाट पर्यटक आकर्षित भएका हुन् ।’

पोखरामा रहेको एकमात्र पाँचतारे होटल, प्राइम लोकेसन, मल्टिपल बैंक्युट हल, खानाको सेवा राम्रो भएकाले पनि पोखरा ग्राण्ड धेरैको रोजाईमा परेको उनले बताए । पोखरामा आयोजना हुने ठूला सेमिनार, भिआइपी भिजिट, सम्मेलन लगायतका कार्यक्रम प्राय पोखरा ग्राण्डमै हुने गरेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.