रुपा । भारतको हैदराबादबाट ३ दिन अघि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा आएर बसेका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वाव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाइएकोमा शनिबार बिहान पोजेटिभ रिपोर्ट आएको छ ।
उनीहरु दुवै जनालाई भारतको नाकाबाट उद्धार गरी सिधै गाउँको क्वारेन्टाइनमा ल्याएर सुरक्षित राखिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘संक्रमित दुवै जना क्वारेन्टाइनमा सुरक्षित राखेका छौं,’ ओझाले भने, ‘संक्रमितहरु परिवार र समाजसँग सम्पर्कमा छैनन् ।’ उनीहरुलाई अब हस्पिटल लगिने ओझाले जानकारी दिए ।
Comments are closed.