रुपाको स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

सन्देश श्रेष्ठ
पोखरा, १२ फागुन । कास्कीको रुपामा फागुनको तेश्रो साता अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । रुपा गाउँपालिकाले स्थापना प्रथम स्थापना दिवसको अवसरमा यहि फागुन २४ गतेदेखी २७ गतेसम्म रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्नेपोखरी खेल मैदानमा ‘प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता’ आयोजना गर्ने भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका स्थानिय तहहरुले सहभागिता जनाउने आइतबार रुपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खेलकुदको माध्यमबाट युवाहरुको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्देश्यले ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नारासहित हुने प्रतियोगिताको लागि फागुन २० गतेसम्म नाम दर्ता गर्ने मिति तोकिएको रुपा गाउँपालिकाका अध्यक्ष नवरोज ओझाले जानकारी दिए । नकाउटका आधारमा खेलाइने प्रतियोगितामा सबै खेलाडी गाउँपालिकाको अनिवार्य हुनुपर्ने शर्त राखिएको छ । गाउँपालिका बाहिरका खेलाडी समावेश गरेको पाइए उक्त टिम स्वतः रद्ध हुने उनले बताए ।

प्रतियोगिताको उद्घाटन फागुन २४ गते शुक्रबार पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधी सभाका सदस्य खगराज अधिकारीले गर्ने अध्यक्ष ओझाले जानकारी दिए । प्रतियोगिताको समापन रुपा गाउँपालिकाको स्थापना दिवसको दिन फागुन २७ गते सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने उनले बताए ।

रुपा गाउँपालिकाको स्थापना दिवस तथा प्रतियोगिता समापनको अवसरमा झाँकी प्रदर्शनपनि गरिने भएको छ । लोपोन्मुख जातिका संस्कृति तथा परम्पराहरुलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले झाँकी प्रदर्शन गर्न लागिएको गाउँपालिका अध्यक्ष ओझाले बताए । उनका अनुसार रुपा गाउँपालिका वडा नम्बर १ बाट मगर, वडा नम्बर २ बाट दलित, वडा नम्बर ३ बाट कुमाल, वडा नम्बर ४ बाट ठकुरी, वडा नम्बर ५ बाट गुरुङ, वडा नम्बर ६ बाट मुस्लिम र वडा नम्बर ७ बाट नेवार जातिलाई अनिवार्य रुपमा झाँकी निकाल्न लगाइने अध्यक्ष ओझाले बताए । त्यसबाहेक अन्य जातिले आफूखुशी झाँकी निकालेमा त्यसलाई स्वागत गरिने उनले बताए ।

झाँकी प्रदर्शनीमा प्रथम हुनेर्ला २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार तथा झाँकीमा सहभागि सबै टीमलाई ५÷५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । त्यस्तै, सान्तवना हुने एक टिमलाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित एक थान ट्रयाक सुट र उच्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट लिब्रोलाई नगद ३ हजार तथा अनशासित एक टिमलाई मायाको चिनो प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.