रुपामा स्वास्थ्य शिविर सम्पन्न

पोखरा । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ थुम्कीको स्यास्त्रीमा आयुर्वेद स्वास्थ्य, आँखा, महिला स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
हिमालय आँखा अस्पताल तथा पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्य र रुपा गाउँपालिकाको स्थानीय संयोजनमा भएको शिविरमा ४ सय १३ विरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।

पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले उद्घाटन गरेको शिविरमा प्रयोगशाला, भिडियो एक्सरे, महिलाको पाठेघरको परीक्षण सेवा समेत उपलब्ध गराइएको थियो । शिविरमा चिकित्सकहरु शुभद्रा कार्की, अनिल थापा, बुद्धिप्रसाद पौडेल, प्रशान्त पण्डित, कुमार कासुला लगायतका स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षणको क्रममा भेटिएका मोतिया विन्दुका ११ र पाठेघरका १० बिरामीलाई अपरेसनको व्यवस्था मिलाइने पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मा, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार, सामाजिक विकास मन्त्रालयका वरिष्ठ कविराज निरीक्षक नविनकिरण भुषाल लगायतले मन्तव्य राखेका थिए ।रुपामा स्वास्थ्य शिविर सम्पन्न

पोखरा । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ थुम्कीको स्यास्त्रीमा आयुर्वेद स्वास्थ्य, आँखा, महिला स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

हिमालय आँखा अस्पताल तथा पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्य र रुपा गाउँपालिकाको स्थानीय संयोजनमा भएको शिविरमा ४ सय १३ विरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।

पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले उद्घाटन गरेको शिविरमा प्रयोगशाला, भिडियो एक्सरे, महिलाको पाठेघरको परीक्षण सेवा समेत उपलब्ध गराइएको थियो । शिविरमा चिकित्सकहरु शुभद्रा कार्की, अनिल थापा, बुद्धिप्रसाद पौडेल, प्रशान्त पण्डित, कुमार कासुला लगायतका स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षणको क्रममा भेटिएका मोतिया विन्दुका ११ र पाठेघरका १० बिरामीलाई अपरेसनको व्यवस्था मिलाइने पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मा, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार, सामाजिक विकास मन्त्रालयका वरिष्ठ कविराज निरीक्षक नविनकिरण भुषाल लगायतले मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.