रुपाले १ हप्ताभित्र आफ्नै एम्वुलेन्स सञ्चालनमा ल्याउने

पोखरा । कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । नेपालस्थित भारतीय दुतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले रुपा गाउँपालिकालाई एम्वुलेन्स उपहार दिएको थियो ।

कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद खगराज अधिकारीको पहलमा भारतीय दुतावासबाट प्राप्त सो एम्वुलेन्सको चावी अधिकारी स्वयम्ले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरे । हस्तान्तरित एम्वुलेन्स १ हप्ताभित्र सञ्चालनमा आउने अध्यक्ष ओझाले बताए । यद्वपी कोभिड–१९ केन्द्रीत गरेर अहिलेपनि रुपाले एम्वुलेन्स भाडामा सञ्चालन गरिरहेको छ ।

रुपाले आफ्नै एम्वुलेन्स सञ्चालनमा ल्याएपछि स्थानियले सहजै एम्वुलेन्स पाउने अपेक्षा गरिएको छ । यसअघी गाउँपालिकाको आफ्नै एम्वुलेन्स नहुँदा पोखराबाट मगाउनुपर्ने बाध्यता रहेको थियो । जसका कारण विरामीले समयमा एम्वुलेन्स नपाउनुका साथै कतिपय अवस्थामा एम्वुलेन्स ढिला पुग्दा विरामीको ज्यानसमेत गरेको थियो ।

एम्वुलेन्स सञ्चालनसँगै स्थानियले चाहेको समयमै एम्वुलेन्स पाउने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । यसअघी पोखराबाट एम्वुलेन्स ल्याउनुपर्ने बाध्यता थियो,‘उनले भने,‘अब त्यो बाध्यता हटेको छ, जसका कारण विरामीले समयमै उपचार पाउने विश्वास लिएको छु ।’ उनले एम्वुलेन्सको अभावमा विरामीले अबदेखि उपचारबाट बञ्चित हुनुनपर्ने बताए ।

अध्यक्ष ओझाले कार्यविधि बनाएर एम्वुलेन्स सञ्चालन गर्ने तयारी गरिएको बताए । गाउँपालिका आफैले एम्वुलेन्स सञ्चालन गर्छ,‘उनले भने,‘सहुलियत दर तय गरेर एम्वुलेन्स सञ्चालन गर्छौं ।’ उनले हालको दर रेटमा ५० प्रतिशत कममा सेवा दिने तयारीमा गाउँपालिका रहेको बताए ।

गाउँपालिकाले पाँच शय्याको अस्पताल सञ्चानमा ल्याइसकेको छ । यसलाई १५ शैयाको पु¥याउने योजना बनाइएको गाउँपालिका अध्यक्ष ओझाले बताए । ‘एक जना विशेषज्ञ चिकित्सकसहित चालू आर्थिक वर्षबाटै अस्पतालको स्तरोन्नती गरी १५ शय्यामा विस्तार गर्ने भनेर बजेट छुट्याईसकेका छौं’–उनले भने ।

lcci
You might also like

Comments are closed.