रुपा ठकुरी समाजमा भीमसेनजङ

रुपा, ८ माघ । कास्की जिल्लाको रुपा गाउँपालिकामा रहेका ठकुरीहरुको वृहत भेलाले भीमसेनजङ शाहीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बिमला मल्ल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा लक्ष्मी शाही, सह सचिवमा रामबहादुर शाही र सदस्यहरुमा रविन ठकुरी, होमबहादुर ठकुरी, विकास सेन, इन्द्रबहादुर सेन, राजेन्द्रबहादुर सेन, एजुराज सिंह, लक्ष्मी मल्ल र तिला शाही छन् । भेलाले स्थानीय स्तरमा ठकुरी जातीय कला सँस्कृतिको संरक्षण सम्वद्र्धन एवं जगेर्ना गर्ने उद्देश्यका साथ रुपा ठकुरी समाज कास्कीको गठन गर्ने निर्णय गरेको हो ।

You might also like

Comments are closed.