काठमाडौं
स्पोर्टी लुक्स रहेको केटीएम ड्युक २०० ले नेपाली बजारमा नयाँ पहिचान वनाएको छ ।
स्पोर्टस बाइक मन पराउनेकाा लागि यो निकै उपयुक्त छ र एड्भेन्चर स्पोर्टस का लागि पनि यो बाइक अप्सन हुन सक्छ ।
यसमा ६ वटा गियर छन् । फ्रन्ट र रियर डिस्क ब्रेक, पछाडी मोनोसक सस्पेन्सन, अगाडि लार्ज ट्राभल टेलिस्कोपिक सस्पेन्सन, एलोई ह्विल्स, डिजिटल इग्निसनलगायतका सुविधा रहेका छन् ।
इन्जिन
यो मोटरसाइकलमा सिंगल सिलिन्डर छ, जसमा फोर स्टोक र स्पार्क इग्निसन लिक्विड कुल्ड इन्जिन छ । यसमा २५ बीएचपीमा १० हजार आरपीएम पावर र ८ हजार आरपीएममा २० एनएमको टर्क अनुभव गर्न सकिन्छ ।
यसमा भएका ट्वीन ओभरहेड क्यामसाफ्टका कारण यो निकै नै शक्तिशाली मानिएको हो । यसमा भएको ब्यालेन्सर साफ्टका कारण भाइब्रेसनलाई पनि नियन्त्रित अवस्थामा राखेको छ । बोस्क कम्पनीद्धारा उत्पादन गरिएको अत्याधुनिक इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टमले यसको स्पिड र ह्यान्डलिङमा समेत नियन्त्रण गर्न सहयोग पु¥याएको छ ।
च्यासिस
पावरफुल इन्जिनलाई यसको अत्याधुनिक फ्रेमसग संयोजन गरिएको छ । यसले गर्दा पुरै बाइकको तौल ११ लिटर पेट्रोल भरिएको समयमा पनि १ सय ३५ किलोग्राम मात्र हुन्छ । उपयुक्त रुपमा मिलाइएको सेन्टर अफ ग्राभिटीका कारण यसको राइडिङ पोजिसनमा निकै नै ब्यालेन्स हुन्छ ।
त्यसैगरी ४३ मिलिमिटरको अपसाइड–डाउन फ्रन्ट फोक्र्सले फ्रन्ट ह्विललाई नियन्त्रणमा राख्छ भने पछिल्लो भागमा रहेको कास्ट आल्मुनियम स्विङआर्मको डिजाइनले यसको बलियो पक्षलाई दर्शाएको छ । त्यसैगरी यसको पावरफुल ब्रेकिङ सिस्टमका कारण यसलाई उपयुक्त रुपमा नियन्त्रण गर्न सकिन्छ ।
डिजाइन
केटीएम ड्युक २०० मा अष्ट्रियन ब्रान्डको पहिचान दिलाउने आकर्षक डिजाइन छ । यसमा भएको मल्टिफङसनल ककपिटमा सबैको आखा पुग्न सक्छ । यसले अन्य कुराका साथै इन्धन खपतका साथै बाकी स्टकका वारेमा समेत जानकारी दिन्छ । यसमा भएका स्टाइलिस्ट ह्यान्डलबार, फुट रेस्ट, सुविधाजनक सिट आदिका कारण पनि यसको आकर्षणमा अझै वृद्धि भएको छ ।
यसमा भएका एलइडी इन्डिकेटर, हलुका बनावटका स्विङआर्म र रियर ह्विल रिम, अन्डरफ्लोर एक्जस्ट सिस्टम, धेरै कुराको जानकारी दिने आकर्षक ककपिट, फोर्क एन्ड ट्रिपल क्ल्याम्प आदिका कारण यसको आकर्षण र पर्फमेन्स दुवैमा वृद्धि भएको छ ।
केटीएम ड्युकले आफ्नो स्लोगान नै राखेको छ, रेडी टु रेस । यसबाटै थाहा हुन्छ कि कम्पनीले रेसिङ बाइक उत्पादन गर्छ । केटीएमड्युक २०० पनि रेसिङकै लागि प्रख्यात बाइक हो । विश्वका प्रतिष्ठित रेसिङ च्याम्पियनसीपमा यो बाइकको प्रयोग भएको छ । यो युरोपको दोश्रो ठुलो मोटरसाइकल उत्पादक कम्पनी हो । यो विश्वभर अफरोड बाइकका लागि प्रख्यात छ ।
नेपालमा हन्सराज हुलासचन्द एन्ड कम्पनीले यसको बिक्री वितरण गरिरहेको छ । कम्पनीले यसका लागि छुट्टै शोरुम र सर्भिस सेन्टर बनाएको छ । यसको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।
Comments are closed.