रेनल्टको एक्स्चेन्ज क्याम्प सुरु, पुरानो गाडीको उचित मूल्यांकन गरिने

आर्थिक आवाज
पोखरा, २७ मंसिर । रेनल्ट गाडीको एक्स्चेन्ज क्याम्प पोखरामा शुरु भएको छ । रेनल्टका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता जोन्छे टेडर्स प्रालि पोखरामा बिहीबार क्याम्प सुरु भएको हो । क्याम्प सोमबारसम्म जारी रहनेछ । क्याम्पमा पुरानो गाडीको सट्टामा नयाँ गाडी विशेष छुटमा प्रदान गरिने प्रालिका निर्देशक नुरज बाटाजूले जानकारी दिए । पुरानो गाडीको उचित मूल्यांकन गरिने प्रालिले जनाएको छ । प्रत्येक टेष्ट ड्राइभसँग आकर्षक पुरस्कारकोे व्यवस्था गरिएको बाटाजूले जानकारी दिए । ‘पुरानो गाडीको उचित मूल्यांकनसहित नयाँ गाडी रोज्नका लागि क्याम्प सहयोगी हुनेछ,’ उनले भने । रेनल्टको क्याम्चर, डस्टर र क्विड गाडी पोखरामा बिक्री भइरहेको छन् ।

You might also like

Comments are closed.