रेनोको अल्ट्रा मोडुलर एसयूभी ट्राइबरको पोखरामा बिक्री सुरु

पोखरा । रेनोको अल्ट्रा मोडुलर एसयूभी ट्राइबरको बुकिङ खुल्ला भएको छ । रेनोको नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल्सले ट्राइबरलाई बुकिङ खुला गराएको हो । काठमाडौंसँगै पोखराबाट पनि गाडीको बिक्री सुरु भएको छ । पोखराका लागि रेनोको आधिकारिक बिक्रेता जोन्छे ट्रेडर्सले ट्राइबरको बिक्री सुरुवात गरेको हो ।

ग्राहकहरुले केही रकम तिरेर डिलरबाट बुकिङ गर्न सक्ने जोन्छेको निर्देशक नुरुज बाटाजूले जानकारी दिए । रेनो ट्राइबरको आकर्षक तथा स्टाइलिस लुकले गर्दा यो वास्तवमै गेम चेन्जर भएको कम्पनीले बताएको छ । साथै यसमा आधुनिक विशेषताहरु रहेका छन् जस्तै पुश स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साचोको सम्पर्क बिना नै खोल्न र बन्द गर्न सकिन्छ भने अल्ट्रा मोडुलर एसयूभी भएकाले थुप्रै सामानहरु सहजै अटाउछ ।

रेनो ट्राइबरमा रियर एसी रहेको छ । जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छ । १८२ एमएम ग्राउण्ड क्लियरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयुक्त रहेको बताइएको छ ।

रियर पार्किङ क्यामेराले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टचस्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ र मल्टिमिडिया प्रणालीमा जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ । त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन्, जसले यसलाई उद्योगमै अनुपम बनाएको छ ।

रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड इजी–आर–एएमटीसँग जोड्न सकिन्छ । यो इन्धन निपुण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ । रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर पनि शोरुमबाट बिक्री भइरहेका छन् ।

You might also like

Comments are closed.