रेनोको एक्सचेन्ज कार्निभल पोखरामा

पोखरा, २३ साउन । रेनो गाडीको यस क्षेत्रको आधिकारिक बिक्रेता जोन्छे ट्रेडर्सले रेनो कार प्रेमीहरुका लागि एक्सचेन्ज कार्निभल मेला सुरु गरेको छ । साउन २२ गते सुरु मेला साउन २९ गतेसम्म जारी रहने प्रालिका म्यानेजिङ डाइरेक्टर राजेन्द्रकुमार बाटाजूले जानकारी दिए । पोखरा लगायत देशभर एकैसाथ मेला आयोजना गरिएको नेपालको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले जनाँएको छ ।

अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । रेनोको क्याप्चर, क्विड, डस्टर लगायतका मोडलहरु एक्सचेन्जमा उपलब्ध रहेको बाटाजूले जानकारी दिए ।

ग्राहकलाई ३ लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ वर्षसम्मको लागी फ्रि सर्भिसिङ, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.