पोखरा, २९ भदौ ।
रेन्टरटेनमेन्टको पाँचौ सिजन भदौ ३० गते पोखरामा हुने भएको छ । आयोजक ब्यञ्जन रेस्टुरेन्टले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी इभेन्टको बारेमा जानकारी दिएको हो ।
पाँचौ संस्करणको रेन्टरटेनमेन्ट मनोरञ्जनको प्याकेज हुने आयोजकले दाबी गरेको छ । ‘हामीले एउटा फरक शैलीको इभेन्टलाई स्थापनाकालदेखि नै गर्दै आएका हौँ ।’ पत्रकार सम्मेलनमा ब्यञ्जनका संचालक वैभव पौडेलले भने–‘अहिलेको यो इभेन्ट अझै बढि परिस्कृत भएको यहाँहरुले अनुभव गर्नुहुनेछ ।’
डिजे संगीतमा झरीमा रुझेर नाच्ने थिममा यो इभेन्ट स्थापित भैसकेको छ । इभेन्टको थिमलाई ग्राहकहरुले पनि निकै रुचाएका छन् । यहि इभेन्टका लागि भनेर पोखरासँगै बाहिरका अन्य शहरबाट पनि ग्राहकहरु आउने गरेको आयोजकको अनुभव छ ।
यो इभेन्टमा सहभागी ग्राहकहरु झरीमा रुझ्दै नाच्नुका साथै फेशन शो र बेलि डान्सको मज्जा पनि लिन पाउनेछन् ।
पोखरा पानी पर्ने ठाँउ भएकोले आँफुहरुले झरीको थिममा यो कार्यक्रमलाई स्थापित गरेको ब्यञ्जनका ब्यवस्थापक मनोज भट्टले जानकारी दिए ।
कार्यक्रमको ग्याल्मर फिल्डको व्यावस्थापन सम्हालेका विशाल गुरुङले यसपालीको रेन्टरटेनमेन्टमा काठमाडौं र पोखराको गरि ८ जना मोडलहरुलाई र्याम्पमा उतार्ने बताए । ‘वर्षातको कार्यक्रम भएकोले उनीहरुको डे«स डिजाईन पनि त्यहिअनुरुपको हुनेछ ।’ गुरुङले भने–‘यस्तै हाँस्यव्यङ्ग क्षेत्रमा आफ्नो पहिचान बनाएकी भूनियाँको बेलिडान्स पनि राखिएको छ ।’ उनले भने । रेन्टरटेनमेन्टको यो सिजनको इभेन्ट म्यानेजमेन्टको जिम्मा इभेन्ट्स फर यु नामक कम्पनीले लिएको छ ।
रेष्टुरेन्टको प्रचारप्रसार सहित पोखरालाई ईभेन्ट हवको रुपमा स्थापित गर्ने ब्यञ्जनको लक्ष्य हो । कार्यक्रमाबाट नाफा भएको रकममध्ये २० हजार रुपैयाँ सामाजिक सेवामुलक कामका लागि खर्चने रेस्टुरेन्टले बताएको छ ।