रेन्बोद्वारा चेपाङ बालबालिकालाई सहयोग

पोखरा, १७ माघ ।
रेन्बो चिल्ड्रेन होम नेपालद्वारा आयोजित न्यारो राहत वितरण तथा शैक्षिक जागरण कार्यक्रम अन्तर्गत चितवन माडी नगरपालिकामा पर्ने कुसुम खोलामा बसोबास गर्ने १०८ चेपांग परिवारलाइ न्यानो कपडा बितरण गरियो ।

राष्ट्रिय आधारभूत बिद्यालय, अयोध्यापुरीमा पढ्ने ७० जना चेपांग बालबालिकाहरुलाइ शैक्षिक सामग्रीत , न्यानो कपडाहरु बितरण गरिएको छ ।
मणिपाल रोटोर्याक्टले न्यानो कपडा संकलन गर्न सहयोग गरेको थियो । न्यानो कार्यक्रमलाई गुनिसा पुर्जा, डा गजल लाखे, डा इभा प्रधान, दुर्गा बहादुर पौडेल, रमा ढकाल र दुर्गा के सि लगायतले कपडा प्रदान गरेर सहयोग गरेका थिए ।

उक्त अवसरमा मानब समाजसेवा, माडी चितवनका अध्यक्ष समाजसेवी तथा शिक्षक टिका आचार्यले चेपांग समुदायलाइ पढाइ महत्व बुझाउदै चेपांग बालबालिकाहरुलाई स्कुल पठाउन अभिभाबकसंग अनुरोध गरे । रेन्बो चिल्ड्रेन होम नेपालका अध्यक्ष समाजसेवी गोमा ढकालले समाजमा अत्यन्त पिछडीएको बर्ग मध्यको चेपांग जनजातिलाइ उनीहरुको जीवनस्तर उकास्ने, रोजगारीको ब्यबस्था तथा आयआर्जनको बाटो सरकारी स्तरबाट हुन जरुरी छ भन्ने धारणा राखिन ।

MANASLU

राष्ट्रिय आधारभूत बिद्यालयका शिक्षकहरुले राप्तिखोला बढेको बेला स्कुल पारि बस्ने चेपांग बालबालिकाहरु खोला तर्न नसकी स्कुल आउने नसक्ने स्थिति रहेको खुलाशा गरे  ।  स्थानीय अंबर चेपाङ युवाले सरकार चेपाङ जस्ता गरीबी जनताको बेवास्था गरेकोमा दुख ब्यक्त गरे । रेन्बो चिल्ड्रेन होम नेपाल र लाइन्स क्लब अफ पोखरा लेकसाइडले गत पुष महिनाको १८ गते सोही स्थान नजिकै बस्ने चेपाङ जातीका बालबालिकाहरुलाई न्यानो कपडा तथा शैशिक सामग्री बितरण गरेको थियो ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...